भलिबलमा नेपाल पुलिसको लगातार दोस्रो जित

 

चैत २५, चितवन । चितवनको रत्ननगरमा जारी अन्र्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशको टाईटसलाई सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार जित हासिल गरेको हो । 

पुलिसले बंगलादेशलाई २५–१६, २५–२२ र २५–२१ को सोझो सेटमा पराजित गरेको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । 

null

वैरिया माविको चौरमा सोमबार नै भएको दोस्रो आयोजक पञ्चरत्न युवा क्लबले प्रदेश नम्बर ३ लाई पराजित गर्दै पहिलो जीत हात पार्यो । प्रदेश २ को भने यो लगातार दोस्रो हार हो । 

 

खेलमा आयोजकले २५–२०, १७–२५, ३०–२८ र २६–२१ को सेटमा पराजित गर्यो । आइतबार नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाई पराजित गर्दा आयोजकलाई बंगलादेशले हराएको थियो । तेस्रो खेलमा साउथन रेल्वे तलिमनाडु भारत र शसस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा भइरहेको छ । 

प्रतियोगिताको विजेताले रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =