रोजगार संयोजकको प्रारम्भिक नतिजा सार्वजनिक, यस्तो छ सूची

माघ २९, काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो । 

सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो । फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ । 

null

आगामी पाँच वर्षभित्र मुलुकमा विद्यमान गरिबी र बेरोजगारी कम गर्न कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । 

कार्यक्रम अन्तर्गत सरकारले कृषि, उर्जा, खानेपानी, वन तथा वातावरण, पर्यटन प्रर्वद्धन, सडक, शिक्षा तथा खेलकूदका क्षेत्रमा रोजगारी सृजनाका संभावना पहिचान गरेको छ । यसैगरी पुर्ननिमाण सामूदायिक पूर्वाधार निर्माण, राष्ट्रिय गौरवका आयोजना, सूचना तथा संचार प्रविधि, उद्योग, स्वास्थ्य क्षेत्रमा पनि रोजगारी सृजना गर्नेछ । 

नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हक सम्बन्धि ऐन २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन यो कार्यक्रम ल्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यो कार्यक्रम लागू भएपछि बेरोजगार व्यक्तिले आफ्नो वडा कार्यालयमा दर्ता गरेको निवेदनको आधारमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णयबाट निजलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकरण गरिनेछ । र, सूचिकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको न्यूनतम रोजगारीको सुनिश्चितता गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =