स्थिर सुनचाँदीको मूल्य
२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन प्रतितोला ७१ हजार १०० मा कारोबार भएको छ भने, चाँदी पनि सोमबारकै मूल्य ८५० रुपैंयामा कारोबार भएको छ ।
२०७६ मंसिर १७ गते
प्रतिक्रिया








