अवैध भारतीय ९ लाख बढी नोटसहित दुई जना पक्राउ

वैशाख ५, हेटौँडा । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ ।  

जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर  बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो । 

राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत मकवानपुरले उनीहरुलाई जनही रु १७ लाख  धरौटी मागेको थियो ।  

Brexit: Governments agree plans to replace European Arrest Warrant ...

गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बी २३ इ २३३३ नम्बरको भारतीय बोलेरोसहित उक्त रकम बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

उनीहरुले कानून विपरीत प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =