एमसीसी र बाँस्कोटा प्रकरणामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा !

फागुन १४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । केहीबेर अघिबाट सुरू भएको बैठकमा सचिवालयका सबै सदस्यहरु सहभागी रहेको नेकपा श्रोतले जनाएको छ ।   

बैठकमा एमसीसी सम्झौताबारे दुई अध्यक्षले धारणा राख्ने कार्यक्रम रहेको छ । दुई अध्यक्षले धारणा राखिसकेपछि के गर्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।   

यसअघि गत फागुन ९ गते नेकपाको कार्यदलले सुझावसहित अध्यक्षलाई एमसीसी सम्बन्धि प्रतिवेद बुझाएको थियो भने, १० गते शनिवार बसेको सचिवालय बैठकले छलफल गरेपनि कुनै निर्णय हुन सकेको थिएन ।   

यसैबीच आजको बैठकमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकणबारे पनि छलफल हुने बुझिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =