यस्ताे बन्याे चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर

भाद्र १५, काठमाडाैँ । भाद्र १३ गते बाटै रिलिजको तयारीमा रहेको नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डी’अन्तत असोज ३ का लागि रिलिज मिती तोकिएको छ ।
विविध कारण देखाउँदै स्थगीत हुँदै पुन असोज ३ गते नै रिलिज मिती तय भएको नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डी’ स्वजातिय विवाह र अर्न्तजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारीत चलचित्र हो ।
यो संगै सो चलचित्रको ट्रेलर समेत रिलिज भएको छ भने शुक्रबार ४ बजे रिलिज हुने बताइएपनी केही समय ढिल गरी रिलिज हुँदा धेरै दर्शक आक्रोसित भएको देखिदा यो फिल्मको व्यग्र प्रतिक्षा दर्शकमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बरालको मुख्य भूमिका रहेको र दयाहाङलाई प्राथमिकताका साथ देखाइएको ट्रेलरमा फेरी पनि एउटै केटीको लागि ३ जना युवाहरुवीचको भिडन्त्त लाई गज्जबले प्रस्तुत गरीएको छ ।
रिलिज गरिएको ट्रेलरमा कलाकारको प्रस्तुती हेर्दा ट्रेलरले दर्शकमा चलचित्रप्रति कौतुहलता र उत्सुकता जागृत गराएको देखिन्छ । सफल चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल अर्थात ब्रान्ड नाम, प्रतिष्ठित ब्यानर, नाम चलेका कलाकारहरु र एकपछि अर्को चलचित्रबाट दर्शकको विश्वास जित्न सफल निर्देशक र कलाकारहरु जोडिएका कारण पनि दर्शकहरुलाई यो चलचित्रको ट्रेलरको लामो समय देखि प्रतिक्षा भइरहेको थियो ।
मौलिक विषय वस्तुलाई सशक्त ढंगले दृश्य भाषा मार्फत् व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्गले निर्देशन गरेको चलचित्र कबड्डी कबड्डी कबड्डी’ लाई मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारले निर्माण गरेका हुन ।
चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् भने शैलेन्द्र डि. कार्कीले खिचेका हुन ।
बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्र कबड्डी कबड्डी कबड्डी’ निर्माण भएको हो । पछिल्लो समय दर्शकलाई हलसम्म तान्ने बलियो अस्त्रको रुपमा गीत संगीत र ट्रेलर नै रहेको सर्वसाधारणको बुझाई छ ।
ट्रेलर हेर्नुस्









