यी हुन् तीन महिनाको अबधिमा हिट र फ्लप नेपाली चलचित्र
२०७६ साउन ३ गते

काठमाडौं, ३ साउन । अघिल्लो वर्ष ०७५ मा नेपाली चलचित्रको व्यापारिक अवस्था निराशाजनक थियो । नयाँ वर्षको आगमनसँगै निराशाजनक अबस्थामा सुधार आउला भन्ने चलचित्रकर्मीमा ठूलो आशा थियो । तर, ०७६ वैशाखयता रिलिज भएका चलचित्रको अबस्था हेर्दा तेस्तो देखिएको छैन । यो खबर आजको साप्ताहिकमा छापिएको छ । यसबीचमा प्रदर्शन भएको ए मेरो हजुर–३ र जात्रैजात्रा चलचित्र मात्रै सुपरहिट भएका छन् ।
दाल भात तरकारी हिट भएको छ । वीर विक्रम, किर्तिपुर र आप्पाले औसत व्यापार गरेका छन् । वैशाखदेखि असार मसान्तसम्म प्रदर्शनमा आएका यात्राः ए म्युजिकल भ्लग, कालो वर्ष, पसिना, कप्स, कुम्भकरण, काउसो, रेस र प्रेमदिवस व्यापारको दौडमा असफल भएका छन् । यी चलचित्रले लगानीसमेत उठाउन नसकेर डुबेका छन् ।
null
२०७६ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








