प्रधानन्यायाधीशको शुद्धीकरण अभियान, नौ न्यायाधीशलाई ‘कारबाही’

काठमाडौं ।  सर्वोच्च अदालतले एकैपटक नौ न्यायाधीशलाई कारबाही गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयलाई शुद्धीकरण गर्ने अभियानस्वरूप ती न्यायाधीशलाई कारबाही गरेका हुन् ।  

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोख्रेलले विभिन्न उच्च अदालतका नौ जना न्यायाधीशको काज सरुवा गरिएको जानकारी दिए । त्यसरी काज सरुवा गरिएकामा पाँच जना विराटनगर उच्च अदालतमा कार्यरत न्यायाधीश छन् । 

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्तिलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिन खोजेको भन्दै प्रधानन्यायाधीश राणाले ती पाँचजना न्यायाधीशलाई कारबाही गरेका हुन् । कारबाहीमा पर्ने न्यायाधीशहरूमा विराटनगर उच्च अदालतका नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । 

null

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने उनीहरूलाई कारबाहीस्वरूप विराटनगर उच्च अदालतबाट न्यायपरिषद् सचिवालयमा तानिएको हो । हाल उनीहरूलाई कुनै जिम्मेवारी नदिई जगेडा सरहमा राखिएको छ । 

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरू अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालतका न्यायाधीशले भने आरोपितलाई धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएका थिए । 

यस्तै, आचरणविरोधी काम गर्ने अन्य अदालतका चार जना न्यायाधीशलाई समेत कारबाही गरिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । न्यायपरिषद्मा तानिएका नौ जनालाई जिम्मेवारीविहीन बनाएर आवश्यक छानबिन थालिने स्रोतले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =