कलंकीमा बस र स्कुल भ्यान ठोक्किँयो
२०७६ माघ १९ गते

माघ १९, काठमाडौँ । आइतबार कलंकीको अन्डरपास सडकमा एउटै दिशा (बालाजु) बाट आई रहेको स्कुल भ्यान र बस ठोक्किँदा चारजना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्तका अनुसार कलंकीको अन्डरपास सडकमा चक्रपथ चल्ने ना५ख ११७२ नम्बरको सार्वजनिक बस र बा११च ४५३७ नम्बरको स्कुल भ्यान एकआपसमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।
घाइते हुनेहरुमा एकजना स्कुले विद्यार्थी र तीनजना सार्वजनिक बसमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवरले बताए । उनका अनुसार बुढानिलकण्ठ यातायातको बसले चिन्ड्रेन मन्टेश्वरीको स्कुल भ्यानलाई ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको हो ।
२०७६ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित








