न्याम्सको दीक्षान्त समारोह चैत ७ मा

फागुन ५, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को दीक्षान्त समारोह आगामी चैत ७ गते हुने भएको छ। न्याम्सको शुक्रबार बसेको सिनेट बैठकले चैत ७ गते दीक्षान्त गर्ने निर्णय गरेको हो। 

न्याम्सको यो तेस्रो दीक्षान्त समारोह हुन लागेको हो। यसअघि ०७१ सालमा दोस्रो दीक्षान्त समारोह भएको थियो। सिनेट बैठकले पाँच वर्षदेखि हुन नसकेको दीक्षान्त समारोह गर्न लागेको हो। 

शुक्रबारको सिनेट बैठकले ०७१ सालदेखि ०७६ माघसम्म पास भएका ६ सय ८० विद्यार्थीको सूचीलाई समेत अनुमोदन गरेको छ।   

यस्तै सिनेटले प्रतिष्ठानबाट सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि प्राज्ञिक परिषद्बाट सिफारिस भएका एमडी/एमएस, डिएम/एमसिएच, एमडिएस, मेडिकल इमेजिङ टेक्नोलोजी, अप्टोमेट्री एन्ड भिजन साइन्स र नर्सिङ अन्तर्गतका विषयहरुमा दरबन्दी स्विकृत गर्ने निर्णय पनि गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =