आस्था राउत चार दिन हिरासतमा बस्नु पर्ने

माघ १३, काठमाडौं । अभद्र व्यवहारको आरोप खेपेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

अनुसन्धानका लागि भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । 

माघ १ गते त्रिभुवन विमानस्थलमा गायिक राउतको प्रहरी जवान रमिता श्रेष्ठसंग भनाभन भएको थियो । जवान श्रेष्ठले आस्थाविरद्ध अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासनमर्फत जाहेरी दिएकी थिइन् ।   

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =