कुलेखानी–फाखेल सडकमा यातायात सञ्चालन

असोज २, हेटौंडा । हेटौंडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुङ्गा हटाई आज बिहान ७ः३० बजेदेखि हेटौंडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ ।   

उक्त सडकमा बुधबार करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ गई राति करीब ११ः३० बजे पहिरो हटाएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिए ।   

सल्ले सडकखण्ड काठमाडौँसँग जोडिएको मकवानपुरको दुई किलोमिटरभित्र पर्दछ । आज बिहान चाँडै काडमाडौँबाट आएका टाटासुमो यातायात उक्त ढुङ्गा खसी अवरोध भएको ठाउँमा घण्टौ कुर्नुपरेको स्थानीयवासी रामबहादुर थापाले जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =