दाङ बिजौरी बलात्कारका मुख्य अभियुक्त चौधरीलाई जमानतमा छोड्न सर्वोच्चको आदेश

चैत्र ३०, काठमाडौं । दाङ विजौरी बलात्कार काण्डका मुख्य दोषी भन्दै सर्वोच्च अदालतले झण्डै १० वर्ष कैद सजाय सुनाएका विष्णु चौधरी जेल परेको ८८ दिनमा १० लाख ६० हजार ४ सय जमानत राखेर जेलबाट छुटेका छन्।घोराही कारागारका जेलेर विष्णु पाण्डेले सर्वौच्च अदालतको थुनामुक्त गर्नु भन्ने आदेश अनुसार रिहा गरिएको जानकारी दिए। मुद्दा किनारा लागेको हैन,उहाँ जमानतमा छुट्नु भएको हो,’ जेलर पाण्डेले भने ।
उता चौधरी जेलबाट रिहा भए लगतै राजनीतिक प्रतिसोध साँध्न गरिएको षड्यन्त्र विफल भएको र अदालतले आफूलाई न्याय दिएको बताएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ निवासी ३१ वर्षीय चौधरीलाई १० वर्ष पहिले १७ वर्षिया किशोरी बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।
null
सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डको मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको थियो। सर्वोच्च अदालतले सुनाएको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई ८८ दिन अघि पक्राउ गरेको थियो।
त्यसपछि उनले सर्वोच्चको फैसला पुनरावलोकन गर्न भन्दै निवेदन दिएका थिए। उनको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चले निस्सा दियो। आफ्नो मुद्दा पुनरावलोकन हुनेभएपछि चौधरीले आफू कानुनअनुसार जमानतमा छुट्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिए। १० वर्षसम्म जेल सजाय भएका व्यक्तिले फैसला पुनारावेदनर पुनरावलोकन मुद्दा दिए किनारा नलागुन्जेल जमानतमा थुनाबाहिरै बस्न पाउने कानुनी व्यवस्था छ।
त्यही कानुन अनुसार जमानतमा छुट्न पाउनुपर्ने चौधरीको निवेदनमाथि सर्वोच्च प्रशासनले थुनामुक्त गर्ने आदेश गरेको हो। गढवा गाउँपालिका वडा नं। ६ गढवा निवासी १७ वर्षीया कल्पना खनाल २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफ्नो अंकल आन्टीको घरबाट तुलसीपुर हुँदै घोराही तर्फ जाँदै गर्दा विजौरीमा सामुहिक बलात्कारमा परेकी थिइन्।
उक्त दिन तत्कालिन माओवादीको वन्द रहेका कारण उनले घोराही जान गाडीको प्रतिक्षामा त्यही बसेको समयमा झुक्याएर नशालु पदार्थ ख्वाएर लठ्याएर बलात्कार भएको आफन्तले बताएका छन्। उक्त काण्डपछि कल्पना खनाल डिप्रेसनमा परिन्। खनालको बाँके हुँदै र लखनउसम्म उपचारको प्रयास भयो। त्यही क्रममा खनालको घटना भएको ८४ औं दिनका कल्पनाको मृत्यु भएको थियो।








