प्रतिनिधिसभाको बैठक बस्दै, डा. केसीको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पेश हुने

काठमाडौँ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज मध्याह्न १२ बजेबाट शुरु हुनेछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्ने कार्यसूची छ । 

यस्तै, आजको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

गृहमन्त्री रामबहादुर थापा बादलले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ प्रस्तुत गर्नेछन् भने न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

null

यस्तै, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव  र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

कार्यसूची अनुसार आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले‘अर्थ समितिको प्रतिवेदन सहितको निवृत्तभरण कोष विधेयक, २०७५ माथि छलफल गरियोस्’ र ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यस्तै, अर्थमन्त्री खतिवडाले नै ‘अर्थ समितिको प्रतिवेदन सहितको भुक्तानी तथा फर्स्यौट विधेयक, २०७५ माथि छलफल र‘भुक्तानी तथा फर्स्यौट विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =