नेविसंघमाथि पार्टीले हस्तक्षेप गर्नु हुँदैनः कांग्रेस नेता पौडेल

 

फागुन २२, चितवन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेविसंघमाथि पार्टीले हस्तक्षेप गर्न नहुने बताएका छन् । 

भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले नेविसंघलाई पार्टीले चलाउन खोजेपछि समस्या आएको बताए । पार्टीले समन्वयको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले भने, ‘नेविसंघको विधान, नेतृत्व पार्टीले बनाउने हो भने काम गर्न सकिँदैन ।’ 

null

नेविसंघ भातृ संस्था भएकाले आफ्नो विधान अनुसार चल्न दिनुपर्ने उनको भनाइ थियो । 

विद्यार्थीहरुको विषयमा पार्टीभित्र छलफल नै गर्न नहुने उनको तर्क छ । आफैँ विधान र पद्धति अनुसार चलेको नेपाल विद्यार्थी संघलाई हस्तक्षेप गर्दा पार्टीको संरचनालाई समेत असर गर्ने उनको भनाइ थियो । 

एक फरक प्रसंगमा नेता पौडेलले पार्टीभित्र देखिएको अल्पमत र बहुमतको परिपाटिको अन्त्य हुन जरुरी रहेको बताए । यसले गर्दा नेता तथा कार्यकर्तामा नैरास्यता छाउने उनको भनाइ छ । 

कांग्रेस आम निर्वाचनमा गणितीय हिसाबले हार बेहोरी सकेको बताउँदै उनले अब यसलाई आत्मसाथ गर्दै पार्टीभित्रको विवाद मिलाएर अघि बढ्नुको विकल्प नरहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =