वैशाख १५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
२०७७ वैशाख २ गते

वैशाख २, काठमाडौं। सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ। देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन वैशाख १५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याएको एक मन्त्रीले बताए। सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ।
सुरुमा एक हप्ताका लागु घोषणा गरिएको लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेको थियो। यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेको छ।
२०७७ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित









