जनमत नपाएकालाई सांसद बनाउन मिल्छ ? (सम्पादकीय)

फागुन १५, काठमाडौं । विवादै विवादमा परेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम फेरि विवादमा तानिएका छन् । नेकपाको सचिवालय बैठकको निर्णय अनुसार उनलाई यही फागुन १६ गते अर्थात् भोलीबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्न  सिफारिस गरेपछि नेकपासँगै उनी पनि फेरि विवादमा परेका हुन् । नेकपाले पटक पटक जनताले अस्वीकार गर्दै आएको व्यक्तिलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्न सिफारिस गरेको छ । तर जनताको मत नपाएका व्यक्तिलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको केही घण्टामै उनी पार्टी भित्रबाटै विवादमा तानिएका हुन् ।   

उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न स्वीकृति दिएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नै केही घण्टामै सांकेतिक असहमति जनाएपछि अहिले यो विषय विवादीत बनेको हो ।   

जनताले भाेट नदिएपछि पटक पटक हार व्यहोराका बामदेव गौतम अहिले राष्ट्रियसभामा जान हौसियका छन् । तर के जनताले अस्वीकार गरेका व्यक्ति राष्ट्रियसभा सदस्य जस्तो गरिमामय पदमा मनोनित हुन सुहाउँछ ? 

हरेक पटकको निर्वाचनमा जनताले जिताएका बामदेव गौतमले आफ्नो ठाउँमा विकासका कुनैपनि योजना लगेनन् । त्यसको फलस्वरुप बर्दियाका जनता उनीसँग रिसाएर, गएको प्रतिनिधिसभा निर्वाचनमा उनलाई मतनै दिएनन् । र अन्ततः उनले आफ्नै ठाउँबाट हार व्यहार्नु पर्यो । उनीसँग मैले मेरो ठाउँका लागि यतिसम्म गरको छु भनेर देखाउने कुनै विकास योजनाहरु थिएन् वा भनौ कुनै काम थिएनन् ।   

त्यति मात्रै होइन, उनी उनको ठाउँका जनताको नजरमा एक दम्भि नेता मात्रै हुन् । त्यो भन्दा बढी उनको भाउ अरु केही छैन । उनले दम्भ त पटक पटक पार्टी भित्रै पनि देखाएका छन् । त्यही दम्भकै असरले हो उनलाई जति ठाउँको सांसद बनाउन खोजेपनि उनले हार मात्रै व्यहोर्नु परेको । म बाहेक अरु केही हैनन् भन्ने उनको दम्भकै कारण उनले काठमाडौंको ७ नम्बर क्षेत्रमा पनि आफुलाई घुसाउन सकेनन् । काठमाडौं क्षे नं. ७ जहाँ नेकपाकै रामवीर मानन्धरले जित हात पारेका थिए । जहाँको बस्ति ७० प्रतिशत भन्दा बढी नेवार बाहुल्य छ , त्यहाँबाट बामदेवलाई उठाउने प्रयत्नमा रहेको नेकपाले अन्ततः त्यहाँकै जनताको दवावका कारण त्यो सम्भव हुन सकेन । यसको अर्थ हो त्यहाँ पनि उनले हार नै व्यहोर्नु पर्यो ।   

उनी कति अलोकप्रिय छन् भन्ने कुरा नेकपाकै नेताहरुको अभिव्यक्तिबाट झल्किन्छ । जब उनलाई कास्की क्षेत्र नम्बर २ बाट  चुनावमा उठाने निर्णय भयो, नेकपाका एक प्रभावशाली नेता हरिवोल गजुरेल नै त्यसको विरोध गरेका थिए । उनले घुमाउने भाषामा नेता गौतमलाई पद र प्रष्ठिाका लागि आशक्त नहुन सुझाव पनि दिन भ्याएका थिए ।   

हुन त बामदेवले पोखरबाट पनि लड्ने आँट गरेनन् । उनले आफु फेरि पनि हार्छु भन्ने भेउ पाएर नै होला कास्की क्षेत्र नं. २ बाट नउठ्ने निर्णय गरेका । साथै उनले नेतृ विद्या भट्टराइलाई समर्थन जनाएका थिए ।   

नेता गजुरेलले भने जस्तै पदनै पाउने शिलशिलाई दोह्रोर्याउँदै उपाध्यक्ष गौमतले राष्ट्रिसभा सदस्यका लागि ताकेता गर्दा गर्दा अन्ततः नेकपाको सचिवालय बैठकबाट उनलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको छ । तर त्यो पनि पूर्ण सहमतिको नभएको बाहिरी हल्ला चलेको छ । नेकपाका अध्यक्ष ओलीले पहिला समर्थन जनाएपनि पछि उनी त्याे निर्णयबाट हटेका छन् ।   

पदको मात्रै लोलुप्त राख्ने बामदेवलाई के राष्ट्रियसभा सदस्यमा मनोनित गर्नु जायज छ ? जसले अहिलेसम्म आफुले चुनाव जित्दै आएका ठाउँमा गएर सिन्कोसम्म भाँचेका छैनन् । देशका जनतानै उनलाई चुनावमा जिताउन चाहँदैनन् भने, राष्ट्रियसभा जस्तो गरिमामय पदमा उनलाई मनोनित गर्नु जायन नहुने देखिन्छ ।   

बामदेव सबै तिरबाट पराजित भएका व्यक्ति हुन् । उनी जनताको मनमा पनि हारेका व्यक्ति हुन् । उनलाई उक्त पदका लागि मनोनयन गरेर नेकपाले गैह्र जिम्मेवार हर्कत देखाउँदैछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =