इतिहास (कविता)
“
यो तिम्रो पतनमा
म तिमीलाई हृदयदेखि
स्वागत गर्दछु
एउटा नयाँ अध्याय आरम्भ गर्न
जसरी
वसन्तले जन्माउँछ मञ्जरी
शरदमा नाङ्गिएका हाँगाहरूमा ।
धेरैको लेखिए इतिहास
र धेरैका यत्रतत्र छरिएका छन्
अलिखित इतिहास ।
देख्छु
बेपत्ता अघोषित योद्धाहरू
रोइरहेका छन् चिहानमा
जुन चिहानको आफ्नो इतिहास छैन ।
त्यसैले
भत्किरहेका छन् अलिखित आत्माहरू
प्राचीन अनुहारका मूर्ति चित्रहरुमा
क्रोधीत प्रेतहरू हेर्दैछन्
आधुनिक हृदयको नौटङकी ।
इतिहास लुकाइरहेछ
केवल
विजयी प्राप्तिका निम्ति
सिङ्गो इतिहास आफ्नो दावी गर्नको निम्ति
भविष्यमा क्यास निर्माण गर्नुका निम्ति
नयाँ रिसाहा भगवानको आशीर्वादको निम्ति
मान्छेहरूबाट मान्छे लुटाइनका निम्ति ।
शुद्ध ऊर्जाले भरिएका हाडहरू
अलग किसिमले सजिएका
अपरिहार्य नयाँ मानव हुन्
जो प्रश्नहरूमा बाँचिरहेका छन्
र मेटाइएका छन् इतिहासमा ।
प्राचिन मानिसहरू गलत छन् !
यो नयाँ हृदय बलियो छ
हाम्रो हिंसक पूर्वज जस्तो
किनकि
यसले बुद्धिमानी साथ
नकार्छ
जीवनकालको प्रोग्रामिङ ।
विश्वास भनेकै
प्रत्येक सानो छनोटमा सही स्थान प्राप्ति हो
भूत हस्तक्षेपदेखि मुक्त जादु रचनाको एक प्रदर्शन हो।
उज्ज्वल दिमागहरूमा प्रणालीको सीमाहरूको
आफ्नो पाठ्यक्रम अप्रचलित तयार हुँदै आएको छ
चिन्नु इतिहास त
एक अजीव नयाँ संसारमा रम्न
शक्तिशालीले हारेकाको संसार मेटाउनु हो।”