इलाम–२ : आइतबार बिहानदेखि मतगणना गरिने, रातिसम्ममा मतपेटिका सङ्कलन गरिसक्ने

इलाम क्षेत्र नम्बर २ को मतगणना आइतबार बिहानबाट सुरु हुने भएको छ। उपनिर्वाचनमा ५७ प्रतिशत मतदान भएको छ। एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६६ हजार अर्थात् ५७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । २०७९ को संघीय निर्वाचनमा इलाम २ मा ६२ प्रतिशत मत खसेको थियो। आजै रातिसम्ममा मतपेटिका सङ्कलन गरिसक्ने र भोली आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनकाअनुसार इलाम सदरमुकामस्थित गौतमबुद्धसभा हलमा मतगणना गरिने भएको छ। मतगणनास्थलमा तारबार गरिनुको साथै सीसी टिभी जडान गरिएको छ। मतगणना दुई स्थानमा हुनेछ।

निर्वाचनमा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका डकेन्द्रसिंह थेगिमबिचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *