उपमेयरले स्थानीयलाई हातपात गरेपछि भयो हंगामा (भिडियोसहित)

काठमाडौं, चैत ११ । दुहबी भलुवा नगरपालिकाकी उपमेयर सुनिता (दाहाल) शाहले कार्यालय परिसरमै सेवाग्राहीमाथि हातपात गरेकी छिन् । उनले भिडभाडकै बिचमा एक ब्यक्तिमाथि तथानाम गाली गर्दै हातपात गरेको भिडियो यतिबेला भाइरल भएको छ ।

भ्रष्टाचारको सिमा नाघेको भन्दै दुहवी–भलुवाका स्थानीय सहितका जनप्रतिनिधिहरुले दुहवी नगरपालिका घेराउ गरेका थिए । सोही क्रममा उपमेयर शाह हातपातमा उत्रिएकी हुन् ।

फाइल रिङग्याएर कमिसन खोजेको र अनुगमन नगरेको भन्दै दुहवी ५ का वडाअध्यक्ष रमेश रौनीयार, दुहवी ५ का उपभोक्ता समिति र वडा सदस्यहरु यस विषयमा बुझ्न जाँदा उप–मेयर सुनिताले वडा सदस्य कृष्ण योञ्जनमाथी हातपात गरेकी हुन् । त्यसपछि उनीहरुले दुहवी नगरपालिका घेराउ गरेका थिए ।

दुहबी ५ स्थित श्री सरस्वती उच्च मा.वि.को खेल मैदानमा माटो भर्न छुट्याइएको रकम लेनदेनमा उपभोक्ता समिति र उप–मेयर विच विवाद उत्पन्न भएको थियो ।

स्थानीयवासीहरुले प्रकृयागत झण्झट देखाएर दुहवी नगरपालिकाका लेखा अधिकृत कैलास कुमार चौहानले ५० हजार सम्म घुस मागेको स्थानीयले बताए । सोही विषयलाई लिएर स्थानीय नगरपालिका घेराउ गर्न पुगेका थिए ।

उपमेयर विरुद्ध नाराबाजी भएपछि उपमेयर सुनिता दाहालले आफ्नो श्रीमान् बोलाएर वडा सदस्य र अध्यक्षलाइ कुटपिट गराएकी प्रत्यक्षदर्शीको भनाई छ ।
दुहवी नगरपालिकामा मेयर, उप–मेयर र अधिकृतहरुले नगरपालिकाको स्रोत र सवारी साधनको दुरुपयोग गरेर विलासी जिवनयापन गरेको स्थानीयले आरोप लगाएका छन् । यसकारणले गर्दा स्थानियवासीहरुले राजिनामा माग गर्दै दिनभर प्रदर्शन गरेका थिए ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *