नवौँ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगिता सम्पन्न, नेपाली टिम च्याम्पियन

धनगढी, १२ जेष्ठ । ‘आरवीए नवौँ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगिता २०७६’ आज धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जेष्ठ ९ गते विहिबार एक समारोहका विच उद्घाटन गरको कार्यक्रम आज सम्पन्न भएको हो । 

 

प्रतियोगितामा नेपालको एपिएफ प्रथम हुँदै ७५ हजार पुरस्कार हात पार्न सफल भएको थियो । राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश ७ दोस्रो हुँदा भारतिय टिम तेस्रो स्थानमा रह्यो । त्यस्तै, भुटानको टिम चौथो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । 

null

 

प्रतियोगितामा सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान, अफगानस्तान लगायत देशहरुका खेलाडीहरु एवम् प्रशिक्षकहरु सहभागी रहेका थिए । 

 

प्रतियोगितामा एपिएफ क्लवबाट ५० केजीको तौल समूहमा वीरबहादुर वाइबा, ६० केजीमा वीजेन्द्र सुनार, ६७ केजीमा सुुवास घताने, ७५ केजीमा मोहमद शेख आलम, ८४ केजीमा सुशील पौडेल र ८४ केजी माथिमा कृष्ण विष्टले उत्कृट खेलको नमूना प्रस्तुत गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए । 

 

त्यस्तै, महिला तर्फ ४५ केजीमा वर्षा बुढा मगर, ५० केजीमा सविना श्रेष्ठ, ५५ केजीमा सोनी राई र ६० केजीमा शान्ता श्रेष्ठले स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् । 

 

प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार पुरस्कार पाउँदा दोस्रो हुने टिमले ५० हजार पुरस्कारमा चित्त बुझाउन बाध्य बन्यो । त्यस्तै, टिम कुमुतेमा विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =