हराएको बाइस दिनपछि जंगलमा शव फेला
मकालु खबर
२०७४ जेठ १५ गते
“
कञ्चनपुर, चैत ८ । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८, पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।
गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुण्डिएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शव नजिकै एउटा हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित