नवलपरासीमा शिक्षकले गरे विद्यार्थीलाई यौन दुरव्यवहार

पुस २९, रत्ननगर । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई  यौन दुरव्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि यौन दुरव्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । 

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । 

null

पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =