प्रस्तावित प्रधानन्यायाधीश राणाको संसदीय सुनुवाइ आजपनि, समितिले गर्ला अनुमोदन ?

 

पुस १७, काठमाडौँ । प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर राणाको सुनुवाइ आज हुँदैछ । 

राणाविरुद्ध परेका उजुरीबारे सुनुवाइ गर्न आइतबार रोकिएको संसदीय सुनुवाई समितिको बैठक मंगलबार बस्दैछ । सिंहदरबारस्थित संसद सचिवालयमा राणामाथि परेको उजुरीमाथि सुनुवाई गर्न आज बिहान ११ बजे बैठक बोलाइएको छ । 

null

आइतबार दुई जना सांसदले बोल्न बाँकी रहँदै गर्दा संसदका कर्मचारीहरु ४ बजेपछि काम नगर्ने भन्दै निस्किएका कारण सुनुवाई समितिको बैठक प्रभावित भएको थियो । 

सचिवालयका कर्मचारीहरुले अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउनु पर्ने माग राख्दै आन्दोलनमा छन् । उनीहरुले १० देखि ४ बजेसम्म मात्र काम गर्ने अडान लिएका कारण बैठक प्रभावित बनेको हो । 

आइतबारको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसाल, पुर्णकुमारी सुवेदीले प्रश्न सोधेका थिए । 

प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेका छन्। उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन्। 

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। समितिले नाम अनुमोदन गरेमा राणा नेपालको २८ औँ प्रधानन्यायाधीश बन्नेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =