ट्राफिकको ह्वील लकले मन्त्रीको गाडी पनि छोडेन

भाद्र ११,, काठमाडौं । बा २ झ ४८६२ नम्बर भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको झण्डावाला गाडीमा ट्रफिक प्रहरीले  ह्वील लक लगाएको छ । 

पार्किङ निषेधित क्षेत्रमा जथाभावी पार्किङ गरेपछी मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडीमा ट्राफिक प्रहरीले  ह्वील लक गरेको हो ।   

यसरी बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गाडी पनि कारबाहीमा परेको हो ।   

तर उक्त गाडीमा भने मन्त्री  महासेठ थिएनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार पछि उक्त गाडीलाई एक हजार जरिवाना तिराएर छाडिएको छ ।   

उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ। 

उनले भने ‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो ।’  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =