यस्तो बन्यो १३ औं सागको लोगो र मस्कट

बैशाख ३०, काठमाडौं । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता ‘साग’ को लोगो र मस्कट सार्वजनिक गरिएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी विराटनगरका भोलानाथ पौडेलले डिजाइन गरेका साग प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।
६ जनाले पठाएका मध्ये पौडेलले गरेको डिजाइन छनौटमा परेको हो । छनौटमा परेको उत्कृष्ट लोगोका डिजनाइनरलाई १ लाख रुपैयाँ प्रदान गरिने छ ।
null
सागको मस्कट कृष्णसार रहेको छ भने लोगोमा परेवाको आकृति छ।
आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा आयोजना हुने उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने सरकारको तयारी छ ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सो प्रतियोगितामा नेपालले धेरै भन्दा धेरै पदक जित्ने दाबी गर्दै आएका छन् । उनका अनुसार खेलाडी छनौट गरिसकेपछि बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण पनि दिइनेछ ।
प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने छ । सरकारले प्रतियोगितालाई लक्षित गर्दै भूकम्पपछि भत्किएका दशरथ रंगशालाको पुनर्निर्माणका काम तीव्र अगाडी बढाएको छ । सातदोबाटोको पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । सातदोबाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भइसकेको छ ।
पोखरा रंगशाला निर्माण पनि तीव्र गतिमा भइरहेको छ ।








