चितवन इक्यानमा आए हिम्मत पुरी
२०७६ असोज ३ गते

असोज ३, चितवन । नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा हिम्मत पुरी निर्वाचित भएका छन् । आज सम्पन्न इक्यान चितवनको आठौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनबाट पुरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा समुन्द्र अर्याल आएका छन् । भने, सचिवमा हेमराज सिग्देल र कोषाध्यक्षमा दिपक चन्द्र भट्टराई चयन भएका छन् । समितिको सदस्यहरुमा किशोर सुवेदी, बबिन्द्र गुरुङ, आशिष दवाडी र प्रभाष क्षेत्री चयन भएका छन् ।
इक्यान चितवनको अधिवेशनमा इक्यान केन्द्रिय कमिटिका अध्यक्ष विष्णुहरि पाण्डे, बरिष्ठ उपाध्यक्ष महेशबाबु तिमल्सिना, प्रथम उपाध्यक्ष राजेन्द्र रिजाल, द्वितिय उपाध्यक्ष देवीदास भट्टराई, महासचिब शेषराज भट्टराई, सचिब दीपक राज भुसाल लगायतको उपस्थिति रहेको थियो ।

२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित









