रौतहटमा बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

१४ पुस, काठमाडौं । सोमबार रौतहटमा बसको ठक्करबाट  एक  ५ वर्षिया बालिकाको  मृत्यु भएको छ । 

प्रहरीका अनुसार रौतहट परोहा नगरपालिका(२ जिगडवा बेलबिछुवाका महमद अलिकी ५ वर्षीया छोरी सिधरा खातुनको मृत्यु भएको हो ।   

ना.३ ख १४२८ नम्बरको बसको ठक्करबाट  गम्भिर घाइते भएकी खातुनको उपचारको क्रममा सुकदेव चोकस्थित शिवदर्शन हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for बसको ठक्करबाट बालिकाको मृत्यु

। 

ठक्कर दिने बस र  चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =