स्पेनिस ला लिगा: जिदान नियुक्तपछि रियल मड्रिडको पहिलो हार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले रियल मड्रिडलाई पराजित गरेको छ । बुधबार राति भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले रियल मड्रिडलाई २–१ ले पराजित गरेको हो ।
भ्यालेन्सियाको जितमा गोनकालो गुइडेस र इजिक्वेल गारेले गोल गरे । म्याड्रिडका करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३५ औं मिनेटमा गोनकालोको गोलबाट अग्रता लिएको भ्यालेन्सियाका लागि ८३ औं मिनेटमा गारेले दोस्रो एवम् निर्णायक गोल गरेका थिए ।
null
रियलका लागि इन्ज्युरी समयको तेस्रो मिनेटमा बेन्जेमाले गोल गरेका थिए जुन हार टार्न प्रयाप्त भएन । हारसँगै रियालको ला लिगाको उपाधियात्रा निकै कमजोर बनेको छ । रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि छ ।
रियलको ३० खेलबाट ५७ अंक रहेको छ । भ्यालेन्सिया ४६ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै, यो हार जिदान प्रशिक्षकमा नियुक्त भएपछि रियलको पहिलो पराजय हो ।








