आत्मघाति गोलको सहयोगमा शीर्षस्थानमा लिभरपुल

एजेन्सी । लिभरपुल इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ  । आइतबार भएको खेलमा टोटनहमलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो । 

घरेलु मैदानमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । टोटनहमका टोबि एल्डरवायर्ल्डले आत्मघाती गोल गर्दा लुकास मौराले एक गोल फर्काए । 

 

null

एनफिल्डमा खेलको १६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा लुकासले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए । 

त्यसपछि खेलको इन्जुरी समयमा टोटेनहमका टोबीले आत्मघाती गोल गरेपछि खेल लिभरपुलले २-१ ले आफ्नो बनायो ।  

 

जितसंगै लिभरपुलले ३२ खेलबाट ७९ अंक जोडेको छ । र, लिभरपुल म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ  । एक खेल कम खेलेको सिटीको ७७ अंक छ । 

पराजित टोटेनहम ६१ अंकसहित लिगको तेस्रो स्थानाम रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =