लम्की महोत्सव २०७५ को तयारी तिब्रः आज देखि तिन दिन बाँकी

मंसिर १०, लम्की । कैलालीको लम्कीमा हुँने लम्की साँगितिक महोत्सव २०७५ आउन ३ दिन बाँकी रहँदा तयारी तिब्र पारीएको छ । “स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृषि, सँस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्कीको आयोजनामा यही मंसिर १३ गते देखि २२ गते सम्म लम्की साँगीतिक महोत्सव २०७५ हुँदैछ ।
कार्यक्रममा आउने राष्ट्रिय कलाकारहरुको टुङ्गगो लागी सकेको साँस्कृतिक व्यावस्थापन तथा सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्र्धक निर्देशक युवराज न्यौपानेले बताए । कार्यक्रममा चर्चित उद्घोषिका रुपा घर्ती मगर, उमा देवि खनाल, गायकहरु प्रकाश सपुत ,गायक तथा मोडल दुर्गेश थापा,भुवन भट्टराई, गोपाल नेपाल जि एम, चक्र बम, देउडा गायक लाल बहादुर धामी, नबिन पौडेल, रमेश राज भट्टराई, डम्मर बिक, सुनिल नार्गजी, गायिकाहरु शान्ती श्री परियार, मेलिना राई, टीका प्रसाई, पुर्ण कला बिसि, रेखा जोशी, रिता के.सी., हाउडे माया सिर्जना खत्री, हिमानी ढुङ्गेल, हाँस्य ब्यङ्गय कलाकार दिपेन्द्र ओली, पाडे, जिक्री लगायतका स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।
महोत्सबको मुख्य प्रबद्र्धकमा लम्की चुहा नगरपालिका रहेको छ भने मुख्य प्रायोजकमा देउती गु्रप रहेको छ । स्टल व्यावस्थापनको कार्य पनी अन्तिम चरणमा पुगी सकेको र धामाधम स्टल बुकिङ्ग भईरहेको स्टल व्यावस्थापन संयोजक मोहोन वुढाथोकीले जानकारी दिए । महोत्सवमा करीब १ सय देखि १ सय ५० सम्म बिभिन्न व्यावसायिक तथा व्यापारीक एवम् कलासँस्कृति झल्कने स्टलहरु रहने आयोजक मुल समितिले जनाएको छ ।
null
टिकट तथा छपाई कार्य पनि सकिएको तथा टिकट धमाधम बिक्री भईरहेको टिकट तथा छपाई संयोजक मनिष न्यौपाने जानकारी दिए । महोत्सव अवलोकनको लागि प्रति व्यक्ति ५० रुपैँया टिकट निर्धारण गरीएको छ , भने विद्यार्थी, जेष्ठ नागरीक र अपाङ्गका लागी ४० रुपैयाको टिकट निर्धारण गरीएको छ ।
सिजनल टिकटको लागि प्रति टिकट रु. ३ सय रुपैँया निर्धारण गरिएको छ । सिजनल टिकट लिन चाहाने इच्छुक व्यक्तिले सामुदायिक रेडियो पश्चिम आवाजको महोत्सव सचिवालयमा आई लिन सक्ने व्यवस्था मिलाईएको छ ।
प्रचार प्रसार तथा मञ्च व्यावस्थापनको काम देखी लिएर बिभिन्न सञ्चार माध्यम मिडिया पत्रपत्रिकामा विज्ञापन दिईसकेको, गाउँघर, सहरबजारमा व्यापक प्रचार प्रसार भईरहेको प्रचार प्रसार तथा मञ्च व्यावस्थापन संयोजक लिला प्रजापती जानकारी दिए ।
लम्की चुहा नगरपालिका १ टिकापुर रोड जानेबाटोमा स्वागत गेट निमार्ण भईसकेको र अन्य ठाउँहरमा निमार्ण हुन लागेको बताईएको छ । सरसफाईको काम जारी रहेको मनोज बोहोराले जानकारी दिए ।
१० दिन सम्म सञ्चालन गरिने महोत्सवमा रमाइलो मेला ,बाल उधान, स्थानिय कृषि उत्पादन प्रदर्शनी, व्यावसायिक सामग्रीहरुको प्रदर्शनी, जनजाती तथा आदिवासी समुदायको रहन सहन भेषभुषाको प्रस्तुति, स्थानिय स्तरमा निर्माण गरिएका हस्तकला सम्बन्धी सामग्रीहरुको प्रदर्शनी, कृषि विज्ञहरुबाट किसानहरुलाई तालिमको व्यवस्था , साना उद्योगह्ररुबाट महोत्सव स्थलमा उत्पादनको नमुना, सिपमुलक व्यवसाय सम्बन्धी परामर्श लिन पाईनेका साथै राष्ट्रिय तथा स्थानिय कला प्रस्तुति रहने महोत्सवका सचिवालय निर्देशक दिपक कुमार तिमिल्सैनाले बताए ।
यस महोत्सवलाई करिब ३ लाख देखी ४ लाख सम्म अवलोकन कर्ताहरुले अवलोकन गर्ने अनुमान रहेको निर्देशक तिमिल्सैनाले महोत्सव बाट बचत भएको रकम यस क्षेत्रमा रहेको सार्वजनिक सम्पती सामुदायिक रेडियोको स्तरउन्नतीका साथै सामाजिक उतरदायित्व अन्तरगर्त केहि सँस्कृति संरक्षण र शिक्षा क्षेत्रमा समेत सहयोग गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवमा कैलाली, कंचनपुर, डडेल्धुरा, बर्दिया, बाँके, सुर्खेत, अछाम लगायत भारतको उत्तर प्रदेश र उत्तराञ्चल राज्यका स्थानिय, किसान, व्यपारी, व्यावसायी, विद्यार्थी लगायत बिभिन्न संघ संस्था तथा अनुसन्धान कर्ताहरुको सहभागीता रहने छ ।
मिडिया क्षेत्रको विकासका लागि एक सञ्चार माध्यामले आयोजना गरिएको महोत्सव सफल भए यस क्षेत्रका सबै सञ्चारकर्मी तथा आम समुदायको विकास हुने बताउँदै महोत्सवमा सबैले सक्दो रुपमा सहयोग गरी दिन समेत सबैमा आग्रह गरे ।








