यौन हिंसाको आरोप लागेका नेइमारको साथमा ब्राजिलका खेलाडी

जेठ २० । ब्राजिलका फुटबल खेलाडी नेइमारमाथि यौन दुर्व्यवहारको आरोप लागि रहँदा नेइमारले ब्राजिलियन टिम खेलाडीको साथ पाएका छन् ।
उनी यौन दुर्व्यवहारको विवादमा तानिएपछी उनको सर्पोटमा कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलियन टिमका खेलाडी फर्नान्डिन्होले आफूहरु नेइमारको साथमा रहेको र उनीमाथि लागेको आरोपको प्रभाव प्रशिक्षण वा टिममा पर्न नदिने जानकारी दिएका छन् ।
null
यौन दुर्व्यवहार आरोप लगाउने ब्राजिलकी ति महिलाले मे १५ का दिन पेरिसको एक होटलको कोठामा नेइमारले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आइतबार नेइमार बिरुद्ध उजुरी दर्ता गरेकी थिईन् ।
तर नेइमारले भने ती सबै कुरा अस्विकार गर्दै आईरका थिए । वकिलहरुले ती महिलालाई प्रयोग गरेर आफूबाट रकम हत्याउनका लागि झुट आरोप लगाएको नेइमारले बताएको सामाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
नेइमार पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आइरहेका छन् । अहिले नेइमार कोपा अमेरिकाका लागि ब्राजिलियन टोलीबाट प्रशिक्षण गरिरहेका छन् ।








