‘एमसीसी’ अमेरिकी सैन्य रणनीति होइन : सरकारका प्रवक्ता
२०७६ माघ १६ गते

माघ १६, काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अमेरिकी सैन्य रणनीति नभएको बताएका छन् ।
नियमित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले यो बालहठको पछि लाग्न नहुने बताए ।
उनले एमसीसी नेकपाको केन्द्रीय समितिको बैठकमा पास हुने दाबी गरे । मन्त्री बास्कोटाले नेपालको हितलाई ध्यानमा राखेर बैदेशिक सहयोग लिने पक्षमा सरकार रहेको पनि जानकारी दिए ।

उनले यसअघि पनि चीन भारतसँग अनुदान लिएको उल्लेख गर्दै अमेरिकासँग पनि अनुदान लिन सकिने बताए ।
२०७६ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








