प्रहरी र विप्लव समूहबीच चल्यो गोली
२०७६ पुस १६ गते

पुस १६, सुर्खेत । पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा प्रहरी र विप्लव समूहबीच गोली चलेको छ ।
सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए ।
प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ । यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








