रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान पुनः प्रशिक्षकमा नियुक्त

एजेन्सी । जिनेदिन जिदानलाई रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले वर्तमान प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । 

जिनेदिन जिदानलाई सन् २०२२ को जुन ३० सम्मका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई प्रशिक्षक नियुक्त गरेको आधिकारिक जानकारी रियलले आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटबाट दिएको छ । क्लबले सोलारीलाई मुख्य प्रशिक्षकबाट हटाए पनि क्लबमा रहन चाहेमा अवसर दिने बताएको छ । 

 

null

१० महिनाअघि जिदानले रियल मड्रिड छाडेका थिए । उनको स्थानमा जुलेन लोपेटेगीलाई नियुक्त गरेको रियलले उनीबाट राम्रो प्रदर्शन पाउन सकेन । लापेटेगीलाई पनि बर्खास्त गरेर रियलले सान्टियागो सोलारीलाई प्रशिक्षणको जिम्मा दिएको थियो । सोलारीको प्रशिक्षणमा पनि रियलको प्रदर्शन सुध्रिन नसकेपछि अन्ततः रियलले जिदानलाई फेरि सान्टियागो बर्नाबाउ बोलाएको हो । 

रियल मड्रिडलाई तीनवटा च्याम्पियन्स लिगको उपाधिसहित ९ वटा उपाधि जिताएका जिदान गत मेमा क्लबबाट अलग्गिएका थिए । अहिले रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =