सभामुखको उम्मेदवारी प्रक्रियामा कांग्रेसले भाग नलिने
२०७६ माघ ७ गते

माघ ७, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा निर्वाचन प्रक्रियामा भाग नलिने जनाएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुख प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।
संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेले जनाएको छ ।
नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

२०७६ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








