रोचडेललाई हराउँदै टोटनह्याम क्वाटरफाइनलमा, लोरेन्तेले गरे ह्याट्रिक
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, फागुन १७ । रोचडेललाई हराउँदै टोटनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति वेम्बले रंगशालामा भएको रि प्ले मा टोटनह्याम ६-१ ले विजयी भयो । टोटनह्यामलाई विजयी गराउन फर्नान्डो लोरेन्तेले दोस्रो हाफको १२ मिनेटभित्र ह्याट्रिक पुरा गरे ।
यसैगरी कोरियाली खेलाडी हिउङ मिन सनले दुई गोल गर्दा कायल वाल्कर पिटर्सले एक गोल थपे । जितसँगै टोटनह्यामले प्रिमियर क्लव स्वान्सी सिटीविरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।
क्वाटरफाइनल खेलहरु मार्च १७ तारिखमा सुरु हुने छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित