रोमान्चक खेलमा उरूग्वे विजयी, काभानीले गरे निर्णायक गोल
२०७६ असार १० गते

एजेन्सी । मंगलबार बिहान सम्पन्न खेलमा उरूग्वेले चिलीलाई पराजित गरेको छ । समूह ‘सि’ अन्तरगत भएको लिगको अन्तिम खेलमा उरूग्वेले चिलीलाई १-० गोलले पराजित गरेको हो । उरूग्वेको जितमा सो निर्णायक गोल एडिन्सन काभानीले खेलको ८२ औं मिनेटमा गरेका हुन् ।
जितसँगै उरूग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी उरूग्वेसँग हारे पनि चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिली समूहको उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । यसै समूहको आजै सम्पन्न अर्को खेलमा जापान र इक्वेडरले १-१ को बराबरी गरेका छन् ।
null
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








