पूर्वमा पूर्वराजा ज्ञानेन्द्र शाह
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, फागुन १६ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन् । प्राप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन् ।
शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ । उनको साथमा कोमल शाह पनि रहनेछिन् ।
झापामा रहँदा ज्ञानेन्द्र शाहले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिसँग भेट गर्ने र केही देवस्थलमा पुगी पूचा अर्चना गर्ने बुझिएको छ ।
यसअघि उनी पश्चिम नेपालको भ्रमणमा गएका थिए । उनले करिब तीन साता पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।
पश्चिम नेपालमै रहँदा उनलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले विशेष आमन्त्रण गरी अभिनन्दन गरेका थिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित