आईपीएल: घरेलु टोली राजस्थान विजयी, हैदरावाद पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । 

 

हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । राजस्थानको जितका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान गरे भने लिआम लिभिङस्टोनले ४४ रन बनाए । अजिंकाले रहानेले ३९ रन र कप्तान स्टिभ स्मिथले २२ रन बनाए । हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए । 

null

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए । राजस्थानका भरुण आरोन, ओसाने थोमस, श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =