बचत खातामै एनआईसी एशिया बैंकले १० प्रतिशत ब्याज दिने

काठमाडौं, फागुन १५ । एनआईसी एशिया बैंकले सर्वाधिक उच्च व्याजदरमा बार्षिक १० प्रतिशत दिने गरी ‘समुन्नति प्लस बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

यसअघि समुन्नति बचत खाता र सर्वाधिक उच्च व्याजदरका साथमा समुन्नति मुद्दती खाता सञ्चालनमा ल्याइसकेको बैंकले यसपटक ‘समुन्नति प्लस बचत खाता’ योजना सार्वजनिक गरेको हो । उक्त योजनामा न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहनुपर्ने बैंकले जानकारी दिएको छ ।

उक्त खाता खोल्ने ग्राहकले लकर सेवामा ५० प्रतिशत छुट पाउनुको साथै मोवाइल बैकिङ, इन्टरनेट बैकिङ र डि-म्याट खाता खोल्न पाउने सुविधा समेत दिएको छ । त्रैमासिक रुपमा व्याज भुक्तानी दिइने सो खातामा निःशुल्क डेबिटकार्ड पनि उपलव्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *