बन्चरो प्रहार बाट रौतहटमा छिमेकीको हत्या

रौतहट, फागुन १५ ।  रौतहटमा बन्चरो प्रहार गरी गएराति एक जनाको हत्या भएको छ । कटहरीया नगरपालिका वडा नम्बर–१, छेदीचौक निवासी ४० वर्षीय शिवमंगल महतो ‘नुनिया’को बन्चरो प्रहार गरी हत्या भएको हो ।

हत्याको आरोपमा नुनियाका छिमेकी बीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति ९ बजेको समयमा शिव मंगल आफनो बारीबाट फर्किने क्रममा छिमेकी बीरेन्द्रले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

राति बीरेन्दले बाँस घारीका बाटो ढुकेर शिवलाई पाछाडिबाट टाउकोमा बन्चरो प्रहार गर्दा शिवको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र पोस्टमार्टमपछि अन्तिम संस्कारको लागि शव परिवारलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *