रविलाई शालिकरामको म्यासेजः तपाईंहरुले अफिसमा सधैँ जिस्क्याउने मान्छेले धोका दिई
२०७६ भदौ ७ गते

भदौ ७, काठमाडौँ । अस्मिता र शालिकरामबीचको कुराकानीका प्रत्येक प्रमाण सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उती धेरै जानकार देखिँदैनन् ।
रविको ख्यातिलाई शालिकरामले बारम्बार भजाउन खोजे पनि उनीहरुको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन । शालिकरामले भने आफू बारम्बार रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ ।
उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाई मलाई माफ गर्नुहोला । तपाईहरुले तपाईहरुले अफिसमा मलाई सधै जिस्क्याउने मान्छेले मलाई धोका दिई ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
null
२०७६ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








