चेल्सी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश

 

चेल्सी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकाल्दै चेल्सीले लिग कपको अन्तिम चारमा स्थान पक्का गरेको हो । 

घरेलु मैदानमा चेल्सीको जितमा इडन हजार्डको गोल नै निर्णायक बन्यो । ८४ औँ मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । 

null

अब फाइनल प्रवेशका लागि चेल्सीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनललाई २–० ले हराएर टोटनह्यामले पनि अन्तिम चारमा स्थान बनाएको छ । 

अर्को सेमिफाइनलमा साबिक विजेता म्यानचेस्टर सिटीले लिग वान क्लब बुर्टनसँग प्रतिस्पर्धा गर्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =