सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दियो अनुमति

मंसिर २०, विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ला अदालतले उनलाई पुनः सात दिन थुनामा राख्न अनुमति दिएको हो ।   

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गत मंसिर १६ गते उनलाई विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । 

अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेको थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =