गणपूरक सङ्ख्या नपुगेपपछि संसद बैठक स्थगित

फागुन १९, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको संसद् बैठक स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५  को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् ।   

प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन ।  प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =