‘प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगार अन्त्यका लागि हो, अनियमितता भएको छैन’

असार ९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको तथा आफ्ना कार्यकर्तालाई मात्रै अवसर दिइएको भन्दै आलोचना भइरहँदा मन्त्री विष्टले अनियमितता नभएको दाबी गरेका हुन् ।
null
सोमबारको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री विष्टले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भइरहेको छ । यो कार्यक्रम स्थानीय तह अन्तर्गत कार्यान्वयन गर्ने गरि कार्यक्रम पठाइएको हो । त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको छ ।’
सरकारले बेरोजगार व्यक्तिलाई दलीय कार्यकर्ताको दृष्टिकोणमा व्यवहार नगरेको र आफ्नो दायित्व र कर्तव्यलाई इमान्दारीतापुर्वक पुरा गर्ने तर्फ गम्भीर रहेको मन्त्री विष्टले स्पष्ट पारे ।
स्वदेशमा नै अधिकतम रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उनले नेपाल भित्रै रोजगारी सिर्जना गरी सफल मुलुक बनाउनेतर्फ सरकार गम्भीर रहेको बताए ।








