अपडेटः प्रधानमन्त्री ओलीलाई ज्वराे बढ्याे, आज अस्पतालमै रहने

कात्तिक १३, काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि चेकजाँचका लागि ग्राण्डी अस्पतालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बुधबार अस्पतालमै राखिने भएको छ । 

ज्वरो तथा टाउको दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्रीलाई ज्वरो बढेको बुझिएको छ । प्रधानमन्त्रीको सचिवालय तथा स्वास्थ्य टिमले आधिकारिक धारणा सार्वजनिक नगरेपनि अस्पताल स्रोतका अनुसार आज प्रधानमन्त्री अस्पतालमै रहनेछन् ।   

प्रधानमन्त्री ओली आज बिहानै ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका थिए । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । संभवतः भोली डिस्चार्ज दिने भनिएको छ ।   

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ज्यादै अस्वस्थ भएर आईसीयूमा राखिएको नभई भीडभाड हुने र सङ्क्रमण फैलिने सक्ने खतरा देखिएकोले राखिएको जिकिर गरे ।   

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम (डिहाड्रेसन–जलवियोजन) देखिएको छ । प्रधानमन्त्रीको शरीरमा पानीको मात्रामा कमी देखिएको छ । यसैगरी औषधिको साइड इफेक्ट पनि भएको हुन सक्ने दावि छ । प्रधानमन्त्री ओली भाइटिका देखि नै अलिक अस्वस्थ थिए । बढि दौडधुप भएकाले शरीरको तापक्रम पनि बढेको स्रोतको भनाई छ ।   

प्रधानमन्त्री ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनको दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *