नेपालसहित ११ देशलाई दक्षिण कोरियामा मल्टिपल भिसा
२०७५ मंसिर १९ गते

काठमाडौ । नेपालसतिह ११ देशका पर्यटकलाई दक्षिण कोरियाले मल्टिपल भिसा दिने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरु नेपाल, भारत, बंगलादेश, म्यान्मार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम छन्।
यो नियम डिसेम्बरबाट लागू हुने कोरियाको न्याय मन्त्रालयलाई उदृत गर्दै आजको कारोबार दैनिकले लेखेको छ । अब मल्टिपल भिसाका लागि डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियरहरुलगायत उच्च तहतप्काका कार्यरत नागरिकहरुले आवेदन दिनसक्ने छन्।
यस्तै स्थानीय विश्वविद्यायबाट चारवर्षे स्नातक तथा स्नातकोत्तर डिग्री हासिल गरी प्रोफेसनल रुपमा स्थापितहरुले पनि आवेदन दिन पाउनेछन्।
null
मल्टिपल भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ। यसले पटक पटक कोरिया घुम्न जाने पर्यटकलाई सहज हुनेछ ।
२०७५ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








