प्रिमियर लिगमा टोटनह्यामको खराब प्रदर्शन, अग्रता लिएर पनि पराजित
मकालु खबर
२०७५ फागुन २६ गते
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले लगातार खराब प्रदर्शन गरेको छ । अघिल्लो खेलमा आर्सनलसँग १–१ को बराबरी खेल्दै अंक बाँढेको टोटनह्याम साउथह्याम्टनको मैदानमा २–१ ले पराजित भएको हो ।
आर्सनलको खेलअघि टोटनह्याम चेल्सी र बर्नलेसँग पनि पराजित भएको थियो । पछिल्लो चार खेलमा जितविहीन टोटनह्यामलाई ठूलो नोक्सान भएको छ । साउथह्याम्टनको मैदानमा भएको खेलमा टोटनह्यामलाई हराउनका लागि यान भालेरी र जेम्स वार्ड प्रोसले एक एक गोल गरेका थिए ।
null
टोटनह्यामका लागि २६ औं मिनेटमा ह्यारी केनले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएका थिए । तर ७६ औं मिनेटमा भालेरी र ८१ औं मिनेटमा वार्ड प्रोसले गोल गरेपछि टोटनह्याम पराजित हुन पुग्यो ।
टोटनह्याम ६१ अंकसहित तेस्रो स्थानमा छ भने साउथह्याम्टन ३० अंक बनाउँदै १६ औं स्थानमा उक्लिएको छ ।
मकालु खबर
२०७५ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित